कास्कीमा सवारी दुर्घटना: तीन महिनामा १२ जनाको मृत्यु, २६ घाइते

पाेखरा | माघ १०, २०८०

कास्कीमा सवारी दुर्घटना: तीन महिनामा १२ जनाको मृत्यु, २६ घाइते

पोखरा:  पोखरामा गएको पुुष ९ गते मध्यरातमा पस्र्याङ चोकमा कारको ठक्करबाट २ जनाको मृत्यु भयो ।

 

पोखरा नदीपुर बस्दै आएका बागलुङका ढालेन्द्र छन्त्यालसहित अर्का एक जनाको कारको ठक्करबाट मृत्यु भएको थियो । 

 

यस्तै गएको मंसिर २४ गते तालचोकबाट पोखरा आउँदै गरेको स्कुटरलाई पोखराबाट तालचोक तर्फ जाँदै गरेको कारले ठक्कर दिँदा दुई युवतीको मृत्यु भएको थियो ।

 

जसमा जिरोकिलोमिटर बस्ने २४ वर्षीय भावना बराल र हेम्जाकी अनिशा खड्काको मृत्यु भएको थियो ।  माथिका सडक दुर्घटना कास्कीमा पछिल्लो तीन महिनामा भएको प्रतिनिधि घटना मात्र हुन् ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्याङ्क अनुसार कात्तिकदेखि पुष मसान्तसम्म कास्कीमा २४ वटा सवारी दुर्घटना भएका छन् । जसमा १२ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । 

 

जिल्ला ट्राफिक कार्यालय कास्कीका वरिष्ठ ट्रापिक प्रहरी नायव निरीक्षक राजीव विष्टले चालकको लापरवाही र सडकको अवस्थाका कारण सडक सवारी दुर्घटना हुने गरेको बताए ।

 

‘सवारी दुर्घटना विभिन्न कारणले हुने गरेको अनुसन्धानबाट खुल्छ, सडकको अवस्था, चालकको लापरवाही र यान्त्रिकरणमा आउने समस्यामा दुर्घटना भएको देखिन्छ’, वरिष्ठ नायव निरीक्षक विष्टले सुनगाभा न्यूजसँग भने, ‘सवारी दुर्घटना कम गर्न हामीले विद्यालय, समाजदेखि चालक, यात्रुहरुलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौं ।’

 

जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार पछिल्लो तीन महिनामा १८ हजार ४९ वटा सवारी कारवाहीबाट ९८ लाख ६६ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । 

 

सवारी दुर्घटना घटाउन जिल्ला ट्राफिक कार्यालय कास्कीले विभिन्न ट्राफिक जनचेतना मूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ । 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्